बिएल संवाददाता
साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
मंगलबार दशरथ रगशलमा भएकाे इलिमिनेटर खेलमा काठमाडौंलाई ३-०ले पराजित गर्दै ललितपुर एनएसएलकाे दोस्रो क्वालिफायरमा प्रवेश गरेको हाे। जितका लागि ललितपुरका इमोह इजिकिएलले २ र पापा केबेले १ गाेल गरेर सफलता दिलाए।
पहिलाे हाफमा काठमाडौंबिरुध २-० काे अग्रता लिएकाे ललितपुरले दोश्रो हाफमा १ गाेल थपन सफल रहयाे। खेलकाे ३६ औं मिनेटमा इमोह इजिकिएलले गाेल गर्दै ललितपुरलाई पहिलाे सफलता दिलाए। खेलकाे ४४ औं मिनेटमा ललितपुरले खेललाई २-० मा लयायाे।
ललितपुरका लागि दोश्रो गाेल पापा केबेले गरे। यता, खेलकाे ५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई सफलता दिलाए।
ललितपुरले अब बिहिबार फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग खेल्ने छ। साेमबार पाेखरा धनगढिसङ पेनाल्टी सुटआउटमा ४-३ ले पराजय भएकाे थियाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया