बिएल संवाददाता
जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। यस अघि सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो।
यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ। यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ र सुदूरपश्चिमको प्लेअफको सम्भावना कायम रहेको छ।
अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया