बिएल संवाददाता
नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ।
पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा खेलाइने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया