बिएल संवाददाता
चर्काे दबाबपछि अन्तत: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष/युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी राखेपकाे बाेर्ड बैठकका लागि तयार भएका छन्।
उनी तयार भएसँगै राखेपकाे ११८औँ बाेर्ड बैठक यही मंसिर १४ गते शुक्रबार बस्ने भएकाे छ। सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार लागि बैठक आव्हान गरेका छन्।
डिकबहादुर लिम्बु परिषद्काे अध्यक्ष हुँदा २०८० भदाै २८ गते अन्तिमपटक बाेर्ड बैठक बसेकाे थियाे। त्यसयता विभिन्न बहानामा बैठक बस्न सकेकाे थिएन।
सदस्य सचिव घिसिङले पटक-पटक अनुराेध गर्दा पनि बैठक बस्न सकेकाे थिएन। जसकारण मंसिर २ गतेदेखि कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा हुने भनिएकाे १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगितासमेत हुन सकेन। प्रतियाेगिता नभएपछि खेलाडी, कर्णालीबासी र खेलकुद क्षेत्रमा निराशा छाएकाे थियाे। त्यस्तै कर्मचारीकाे सेवा/सुविधा तथा प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएकाे थियाे।
प्रतियाेगिता सञ्चालनार्थ बैठक नबसेपछि राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत गत आइतबार असन्तुष्टि व्यक्त गर्दै बाेर्ड बैठक बस्न नसक्नु र प्रतियाेगिता नै राेकिनुकाे जवाफ माग गरेकाे थिए। त्यसपछि चर्काे दबाब सिर्जना भएसँगै अन्तत: बाेर्ड बैठक बस्ने भएकाे हाे।
बैठकका लागि ६ वटा एजेण्डा तय गरिएकाे छ। जसमा पहिलाे नम्बरमा राष्ट्रिय खेलकुद प्रतियाेगिता, दाेस्राे नम्बरमा राखेप नियमावली, तेस्राे नम्बरमा विद्यालय खेलकुद पाठ्यक्रम, चाैथाेमा सिएसआर, पाँचाैमा खेलाडी आवास र छैठाैंमा विविध रहेकाे छ।
राष्ट्रिय खेलकुल प्रतियाेगिताअन्तर्गत राष्ट्रिय खेलकुद प्रतियाेगिता सञ्चालन निर्देशिका- २०७९, १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता, प्रथम पारा राष्ट्रिय खेलकुद- २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियाेगिता कार्यविधि र राष्ट्रपति रनिङशिल्डका विषयमा छलफल तथा निर्णय हुनेछ।
त्यस्तै राखेप नियमावलीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरुकाे सेवाका शर्त र सुविधासम्बन्धी विनियमावली र आर्थिक प्रशासनसम्बन्धी विनियमावलीमा छलफल तथा निर्णय हुनेछ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया