बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)का खेल हेर्नका लागि टिकटकाे मूल्य निर्धारण गरेकाे छ। क्यानले साेमबार टिकटकाे मूल्य निर्धारण गरेकाे हाे।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार उद्घाटन खेलकाे दिन सामान्य टिकटकाे ३ सय रुपैयाँ र भिआइपी टिकटकाे ७ सय रुपैयाँ लाग्नेछ।
त्यस्तै अन्य लिग खेलहरुकाे दिन (दुवै खेलका लागि) सामान्य तर्फकाे टिकटकाे मूल्य ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ रहेकाे छ।
त्यस्तै प्लेअप खेलकाे दिन सामान्य तर्फकाे टिकटकाे मूल्य ५ सय रुपैयाँ र भिआइपीकाे ७ सय रुपैयाँ रहेकाे छ।
त्यस्तै फाइनल खेलकाे दिन सामान्य तर्फकाे टिकटकाे मूल्य ५ सय रुपैयाँ र भिआइपिकाे १ हजार रुपैयाँ ताेकिएकाे छ।
सिजनल पासमा २० प्रतिशत छुट दिइएकाे छ। जसअनुसार सामान्य तर्फकाे सिजनल टिकटकाे मूल्य ४ हजार ४ सय ८० रुपैयाँ पर्नेछ। भने, भिआइपी तर्फकाे सिजनल टिकटकाे मूल्य ८ हजार २ सय ४० रुपैयाँ मात्रै पर्ने क्यानले जनाएकाे छ।
आज (साेमबार) राति ८ बजेदेखि टिकट बुकिङ खुल्ला गरिएकाे छ। टिकट खल्ती एपबाट बुकिङ गर्न सकिने प्रवक्ता लामाले जानकारी दिए।
आठ टाेली सहभागी एनपिएल यही मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया