बिएल संवाददाता
पाकिस्तानका अलराउन्डर सोहेल तनवीर चितवन राइनाेजमा अनुबन्धित भएका छन्। शनिबार भाेलिदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)का लागि उनी चितवन राइनाेजमा अनुबन्धित भएका हुन्।
बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ–हातका तनवीरलाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ।
राजस्थान रोयल्सबाट आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेतासमेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी-२० विश्वकप जितेका छन्।
तनभिरले यसलाई एक चूनौतिका रुपमा लिएको बताएका छन्। नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरूकासामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति भएको उनले बताए।
‘मैले यसलाई एक चुनौतिका रुपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरूकासामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ सोहेल तनभिरले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया