बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो।
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए। उनले टीमलाई सफलताको शुभकामना समेत दिए।
टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, अध्यक्ष जिसी, काइमोभलगायत खेलाडीको उपस्थितिमा लुम्बिनी लायन्सले जर्सी सार्वजनिकसमेत गरेका थिए। एनलेस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा पनि रहेको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया