बिएल संवाददाता
भारतीय क्रिकटेर शिखर धवनले पशुपतिनाथकाे दर्शन गरेका छन्।
कर्णाली याक्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका धवनले आइतबार बिहान पशुपतिनाथकाे दर्शन गरेका हुन्।
उनीसँग याक्सका व्यवस्थापन टाेलीसहित केही खेलाडीसमेत पशुपतिनाथ पुगेका हुन।
धवनकाे याे पहिलाे नेपाल भ्रमण हाे। शुक्रबार साँझ नेपाल आएलगत्तै धवनले पशुपतिनाथकाे दर्शन गर्नेदेखि सगरमाथा बेस क्याम्पसम्म पुग्ने इच्छा रहेकाे बताएका थिए।
उनले कर्णाली याक्सबाट एनपिएलका चार खेल खेल्नेछन्।
कर्णाली याक्सकाे कप्तान साेमपाल कामीस, प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णालीमा नायिका स्वस्तिमा खड्का रहेकी छन्।
याक्सले साेमबार दिउँसाे जनकपुर बाेल्ट्ससँग पहिलाे खेल खेल्दैछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया