बिएल संवाददाता
अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै नेपालकाे यो लगातार दाेस्रो हार हाे।
पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
आइतबार युएईको दुबई क्रिकेट रंगशालामा भएकाे खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे। खेलमा नेपालका युवराज खत्रीले चार विकेट लिए।
इनिङ्सको पहिलो ओभरमै क्याप्टेन हेमन्त धामीले कलम सिद्धिकीलाई शुन्य रनमा आउट गरेर नेपालको आशा जगाएका थिए। त्यसपछि युवराज खत्रीले ४ विकेट लिए।
उनले १९.१ मा ओपनर जवाद अब्रारलाई ५९ र १९.२ ओभरमा मोहमद सिहाब जेम्सलाई गोल्डेन डक आउट गरे। युवराजले नै २८औं ओभरको पाँचौ र छैठौं बलमा फरिद हसनलाई १३ र रिजन होसनलाई शुन्य रनमा पबेलियनको फर्काए।
नेपालले अर्को खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्।
भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया