बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो। विराटनगरको भने यो दोस्रो खेल हो। विराटनगर यसअघि उद्घाटनको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।
यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ।
यस्तै आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो। चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकालेको थियो।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो। यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया