बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोरेकाे छ। यो विराटनगरको लगातार दोस्रो हार हाे।
खेलपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्ने बताएका छन्।
उनले जे जस्तो भएपनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन्।
उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौँ। मैले आफैँले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन। अब आउने खेलमा राम्रो गर्ने सोच छ। प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ।’
आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन। यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ। टस हारेरपनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ।
यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसी व्यक्त गरेका छन्।
उनले भने, ‘हामीले १५० रनभन्दा माथि गयौँ भने जित्न सक्छौँ भन्ने सोच बनाएर आएका थियौँ। हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौँ र जित्यौँ। हामीलाई यसैगरी साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया