बिएल संवाददाता
नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे हुने खेलामा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।
आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनको फराकिलो अन्तरको हार बेहोरेको कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलको खोजीमा छ।
अक्सनमा खुलेर खर्च गरेको पोखराले सागर ढकाल, आकाश चन्द, दिलिप नाथ लगायतका स्तरिय खेलाडी अनुबन्ध गरेपनि सुखद सुरुवात गर्न सकेन। ब्याटिङ लाइनअपमा उत्कृष्ट खेलाडी भएपनि पहिलो खेलमा कुनै पनि खेलाडी चल्न नसक्दा पोखरालाई तल्लोक्रमका नारायण जोशी र मार्कस क्रिट्लेले पाली सम्हाल्ने कोशिस गरे पनि जितका लागि पर्याप्त भएन।
जनकपुर यो लिगकै बलियो टोलीका रुपमा देखा परेको छ। पहिलो खेलमा विराटनगरलाई दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८–८ विकेटले हराएको जनकपुर लगातार तेस्रो जितको खोजीमा छ।
राष्ट्रिय टोलीकै सफल पूर्व प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र अनिल साहको कप्तानीमा रहेको जनकपुरमा आसिफ शेख, ललित राजवंशी र किशोर महतो जस्ता खेलाडी छन्।
यस्तै दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा स्टारले भरिएको कर्णालीलाई ३ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो।
काठमाडौं यहि लय कायम राख्न चाहन्छ। तर स्थानीय खेलाडीले भरिएको सुदुरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ।
विराटनगरलाई हराउँदै शान्दार सुरुवात गरेको सुदुरपश्चिममा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया