बिएल संवाददाता
नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे हुने खेलामा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।
आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनको फराकिलो अन्तरको हार बेहोरेको कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलको खोजीमा छ।
अक्सनमा खुलेर खर्च गरेको पोखराले सागर ढकाल, आकाश चन्द, दिलिप नाथ लगायतका स्तरिय खेलाडी अनुबन्ध गरेपनि सुखद सुरुवात गर्न सकेन। ब्याटिङ लाइनअपमा उत्कृष्ट खेलाडी भएपनि पहिलो खेलमा कुनै पनि खेलाडी चल्न नसक्दा पोखरालाई तल्लोक्रमका नारायण जोशी र मार्कस क्रिट्लेले पाली सम्हाल्ने कोशिस गरे पनि जितका लागि पर्याप्त भएन।
जनकपुर यो लिगकै बलियो टोलीका रुपमा देखा परेको छ। पहिलो खेलमा विराटनगरलाई दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८–८ विकेटले हराएको जनकपुर लगातार तेस्रो जितको खोजीमा छ।
राष्ट्रिय टोलीकै सफल पूर्व प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र अनिल साहको कप्तानीमा रहेको जनकपुरमा आसिफ शेख, ललित राजवंशी र किशोर महतो जस्ता खेलाडी छन्।
यस्तै दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा स्टारले भरिएको कर्णालीलाई ३ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो।
काठमाडौं यहि लय कायम राख्न चाहन्छ। तर स्थानीय खेलाडीले भरिएको सुदुरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ।
विराटनगरलाई हराउँदै शान्दार सुरुवात गरेको सुदुरपश्चिममा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया