बिएल संवाददाता
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम सहभागी हुने छन्।
सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज÷सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ।
सिनियर ब्वाइज÷गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन्। प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन्।
कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ। प्रतियोगिताको एक संस्करण २०७२ सालको भूकम्प तथा दुई संकरण कोभिडका कारण सम्भव नभएको आयोजकले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया