बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार हुने पहिलो खेलमा विराटनगर किंग्सले पहिलो ब्याटिङ गर्दै छ।
कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो। एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ।
दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।
पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।
सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेका थिए। विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो। चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया