बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन्। बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ।
यसैगरी एनपिएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ।
जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ। चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ।
एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया