बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार भएकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्सले शिर्ष स्थान बनाएकाे छ। यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पनि पक्का गरेकाे छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेकाे हाे। ६ खेलबाट उसको १० अंक भएको छ।
पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्। पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया