बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ।
आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन्। कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्।
कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ। त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ।
काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुनेछ। सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ।
हालसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ। ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ। नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ।
७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज ८ अंक हुनेमध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ।
विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया