बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ।
आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन्। कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्।
कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ। त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ।
काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुनेछ। सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ।
हालसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ। ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ। नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ।
७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज ८ अंक हुनेमध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ।
विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया