बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्।
बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ।
अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ।
समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।
कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल।
त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ।
सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।
जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया