मङ्गलबार, १२ अगस्ट २०२५

जनकपुरधाममा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशालाका लागि  मधेश सरकारले एक अर्ब दिने

News Image
• • •

मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने घोषणा गरेका छन्।

जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिपिआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी पनि दिए। 

उनले डिपिआर तयार गर्न केही प्राविधिक समस्याहरू समाधान भइसकेको र अबको केही दिनभित्रै डिपिआर तयार भइसक्ने बताए। मुख्यमन्त्री सिंहले भोलि २२ गते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसँग सम्झौता हुन लागेको समेत जानकारी दिए।

त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्र सरकारसँग अनुमति लिने प्रक्रिया बढाइने उनले बताए। 

तस्बिर: मुख्यमन्त्री सतीस कुमार सिंह 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा घोषणा गरेका एक अर्ब रुपैयाँ अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप एक अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!