बिएल संवाददाता
मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने घोषणा गरेका छन्।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिपिआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी पनि दिए।
उनले डिपिआर तयार गर्न केही प्राविधिक समस्याहरू समाधान भइसकेको र अबको केही दिनभित्रै डिपिआर तयार भइसक्ने बताए। मुख्यमन्त्री सिंहले भोलि २२ गते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसँग सम्झौता हुन लागेको समेत जानकारी दिए।
त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्र सरकारसँग अनुमति लिने प्रक्रिया बढाइने उनले बताए।
तस्बिर: मुख्यमन्त्री सतीस कुमार सिंह
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा घोषणा गरेका एक अर्ब रुपैयाँ अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप एक अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया