बिएल संवाददाता
ई–प्लानेट नेसनल हाइस्कुल टी-१० क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिङ हाइस्कुलले जितेको छ।
आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई–प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ। यसअघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो। आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ।
बुटवल तिल्लोत्तामास्थित नवजीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिङ स्कुललाई ८ विकेटले पराजित गर्यो। जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा भेटायो। प्यारामाउन्टको ब्याटि गमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए ।
यस अघि टस हारेर ब्याटिङगरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो। उसको लागि रवी यादबले सर्वाधिक १६ रन योगदान दिए।
प्यारामाउन्टको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए।
छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। लुम्बिनी प्रदेश छनोटमा कुल ८ टिम सहभागी थिए। सहभागी टिमहरू श्री शान्ति मोडल,कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ, एभरेस्ट थिए।
हाईप यति इभेन्टको आयोजनामा जारी देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौंमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया