बिएल संवाददाता
बोरुसिया डर्टमन्डले शुक्रबार आइन्त्राख्ट फ्रान्कफर्टसँग २–० को हार बेहोरेको छ।
यो डर्टमन्डको बुन्डेसलिगामा लगातार तेस्रो हार हो। यस हारले रुहर भ्याली क्लबमा संकट थपिएको छ।
पहिले नै दबाबमा रहेका डर्टमन्डका प्रशिक्षक नुरी साहिनमाथि थप दबाब परेको छ। म्यानचेस्टर सिटीले स्ट्राइकर ओमर मारमौशलाई अनुबन्ध गर्ने तयारी गरिरहेको बताइएको छ। खेलपछि भने उनी आफ्ना सहकर्मीसँग मैदानमा आएर समर्थकमाझ बिदाइ लिएका थिए।
डर्टमन्ड मंगलबार च्याम्पियन्स लिगका लागि बोलोग्ना जाने तयारी गरिरहेको छ। डर्टमन्डले खेलमा बराबरी गर्नका लागि प्रयास गरेको थियो। तर, सेर्हाउ गुइरासीले पेनाल्टीको लागि दुई पटक दाबी गरे पनि उल्टै पहेलो कार्ड पाए।
फ्रान्कफर्टको लगातार तेस्रो जितसँगै ३६ अंक जोडेर तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको बायर्न लेभरकुजेन ३८ अंकसहित अगाडि छ, जो शनिबार बोरुसिया मोन्चेन्ग्लाडबाखसँग खेल्ने तयारीमा छ। डर्टमुन्ड भने २५ अंकसहित १०औं स्थानमा छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया