बिएल संवाददाता
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन बन्दै गएको छ। गएराति भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो।
बुधबार राति पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो। ८ अङ्कसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका लागि अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्छ।
ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौँ मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए। वैकल्पिक खेलाडी ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले पिएसजीका लागि तुरुन्त गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो।
भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेड मार्फत गोल गरेपछि खेलको ७८ औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो। गोन्कालो रामोसले इन्जुरी समयमा पिसजीका लागि अन्तिम गोल गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया