बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टी-२० आई सिरिजको लागि टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
टीयू क्रिकेट मैदानमा बिहीबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ।
नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ खेल खेल्नेछन्। लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया