बिएल संवाददाता
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ।
बेल्जियमको क्लबबर्गलाई बुधवार ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो।
सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा नतिजा उल्टाउन सफल भयो।
पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लबबर्गले खेलमा अग्रता बनाएको थियो।
दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए।
६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।
८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया