बिएल संवाददाता
एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन्।
यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन्।
आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ। गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ। सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ।
श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ। पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ।
आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन्।
सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया