बिएल संवाददाता
महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आज(शनिबार) भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ।
नेपालले दिएको लक्ष्य पछ्याइरहेको थाइल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ। पावर प्लेमा २ विकेट गुमाएर थाइल्याण्डले ३२ रन बनाएको छ। अब उसलाई जितका लागि १४ ओभरमा ७० रनको आवश्यकता छ।
शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।
थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।
नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टी-२० आई खेलमा नेपाल सबैमा पराजित भएको थियो। थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलोपटक खेलिरहेको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया