बिएल संवाददाता
ट्रेलमाण्डुको आयोजनामा शनिबार आयोजित नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ रामचन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन विजयी भएका छन्।
रानीकोटमा सुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुष विधातर्फ रामचन्द्रले निर्धारित दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे।
विशाल गुरुङले चार घन्टा २९ मिनेट ४ सकेन्ड दौड पूरा गर्दै उपविजेता बने भने राजा महताराले चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान हासिल गरे।
महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी अमेरिकाकी सोन्या मार्टिनले पाँच घन्टा १४ मिनेट ८ सकेन्डमा दौड पूरा गरिन्। अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।
स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धावकधाविकाको सहभागिता थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरूलाई पुरस्कार प्रदान गरे।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया