बिएल संवाददाता
गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो।
पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो।
दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो। चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल भयो।
उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो। फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।
यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलोपटक उपाधि जितेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया