बिएल संवाददाता
अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन आयोजना गरी संघले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा आगामी फागुन ३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने जानकारी दिएका हो।
मैत्रीपुर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने संघले अपेक्षा गरेका छ।
संघका अनुसार खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धि अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सास्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेका छन्। खेलको अनुमानित बजेट करिब ३९ लाख रहेको संघले जनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया