सनीराज शाक्य
चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन्।
प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो। त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये २९ औं स्थानमा आएका छन्।
उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे। त्यसमा कुल ५८ खेलाडीले प्रतिस्पर्धा गरे।
रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन्। यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन्। त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे।
यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन्। महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन्। त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन।
देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन्। यस्तै लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन्।
स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो। उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे। रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन्।
यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडीले पदक पनि वितरण गरे।
श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ओसीए स्पोर्टस एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्ष समेत हुन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया