बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र म्यानमारबीचको खेल हेर्न दशरथ रंगशाला जाने भएका छन्।
नेपालमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल बुधबार साँझ ६ बजेबाट हुँदैछ। फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउन लागेका एन्फा स्रोतले बतायो।
नेपाली खेलाडीको हौसला बढाउनका लागि प्रधानमन्त्री आफैं रंगशाला जाने तयारी गरेका हुन्।
यता प्रधानमन्त्रीको सचिवालयले भने उनी रंगशाला जाने/नजाने टुंगो लागिनसकेको बताएको छ।। स्वास्थ्यमा लगातार समस्या देखिएकाले ठूलो भिँडभाडमा उनलाई चिकित्सकले सुझाव दिएका छन्।
प्रधानमन्त्री रंगशाला जाने भएपछि सुरक्षाका लागि १ हजार बढी सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। रंगशालाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले ‘केपी ओली कप’ फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकसँग भेटघाट गरेका थिए।
ओलीलाई भेट्न खेलाडीहरूसँग अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया