बिएल संवाददाता
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्।
फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारित दुरी तीन घण्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे। प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र रामचन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो भए।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाँच घण्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन्। अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन्।
सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धावक धाविकाको सहभागिता थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरूलाई पुरस्कार प्रदान गरे।
मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया