बिएल संवाददाता
आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो।
डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन। त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए।
न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो। यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो। आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया