बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग-०८१ आइतबारबाट सुरु हुँदैछ।
खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘बी’ डिभिजन क्लबका प्रशिक्षक र कप्तानहरूले शहीद स्मारक बी डिभिजन लिग २०८१ को लागि आफ्नो योजना प्रस्तुत गरेका छन्।
तीन वर्षपछि हुन लागेको ‘बी’ लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने जनाएको छ। लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन्। लिग अवधिभर ९१ खेल हुनेछन्।
लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए-डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन्।
लिगको समाप्तीमा अंक तालिकाको शीर्ष २ मा रहने क्लब ए-डिभिजनमा बढुवा हुनेछन्। अंक तालिकाको पुछारमा रहने २ क्लब सी-डिभिजनमा घटुवा हुनेछन।
लिगको विजेता टोलीले १५ लाख, दोस्रोले १० र तेस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ। फेयर प्ले टोलीलाई एक लाख, उत्कृष्ट खेलाडीलाई र एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
बी लिगको कुल बजेट रु ३९ करोड ३० लाख १ हजार ८ सय १३ रुपैयाँ रहेको छ । तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिसकेको पनि एन्फाले जनाएको छ।
लिगको सम्पूर्ण खेलहरू प्राइम टीभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया