बिएल संवाददाता
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का चार सदस्यहरूको पद यथावत कायम गर्न रिट जारी गरेकाे छ।
मंगलबार न्यायाधीशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले राखेप सदस्य प्रकाशकुमार कुसारीले दायर गरेको मुद्धामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
ओली सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला, जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए।
मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए। सर्वाेच्चले यसअघि सो मुद्धामा अन्तरिम आदेश पनि जारी गरेको थियो। मंगलबार शर्मा र ढुङ्गानाको इजलाशले ती मुद्धामा रिट जारी गरेको हाे।
त्यस्तै कुसारीको कदमविरुद्ध युवा तथा खेलकुदमन्त्री चौधरीले दायर गरेको भ्याकेट मुद्धामा सुनुवाइ गर्दै सर्वोच्चले टेक्निकल्ली भ्याकेटमा जान नमिल्ने भनी ‘कानुन बमोजिम गर्नु’ भनेर अन्तिम सुनुवाइ गरी भ्याकेट खारेज गरी कुसारीलगायत अरु बोर्ड सदस्यहरूकाे पक्षमा आदेश दिएकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया