बिएल संवाददाता
वुमन्स डे महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किको छ।
बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरू नेपाल फर्किएका हुन्। प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए।
विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरू भएको बताईन्।
उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो, हामीले परिणाम ल्याउन सकेनौं भन्ने कुरा हो। हामीले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेका हौं तर परिणाम राम्रो आउन सकेन्। हामीले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिन्थ्यो होला मेरो आफ्नो पनि केही गल्ती थियो होला।’
यस्तै, नेपाली महिला क्रिकेट टोलीका कोच मनोज कटुवालले खेलको क्रममा भएका साना-साना गल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन्।
नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो। हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया