बिएल संवाददाता
नेपाल टी–२० विश्वकपमा छनोट भएको छ।
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरको आजको खेलमा यूएईले सामोआलाई हराएपछि नेपालसहित ओमान पनि विश्वकपमा छनोट भएको हो।
योसँगै नेपालले लगातार दोस्रोपटकसहित नेपाल तेस्रोपटक विश्वकप खेल्ने पक्का भएको छ।
सुपर सिक्सका शीर्ष तीन टीम विश्वकपमा छनोट हुने व्यवस्था रहेकामा दुई टोलीको टुंगो लागेको हो। अब एक टीमको टुंगो लाग्न बाँकी छ।
समान तीन खेलबाट समान ६ अंक भए पनि अंक तालिकाको शीर्ष ओमान र दोस्रो स्थानमा नेपाल छन्। अब तेस्रो स्थानमा पुग्ने अर्को टोली पनि विश्वकपमा पुग्नेछ।
सन् २०२६ मा भारत–श्रीलंकामा हुने विश्वकपमा नेपालले खेल्ने पक्का भएको हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया