बिएल संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
यूएई र अमेरिकाविरुद्धको शृङ्खलामा नेपाली टिम रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रने छ। अमेरिकाविरुद्धको खेलमा नेपाली टिममा तीन परिवर्तन गरिएको छ।
सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखेर भीम सार्की, शाहब आलम र अनिल साहलाई मौका दिइएको छ।
लिग–२ अन्तर्गत नेपाल, यूएई र अमेरिकाको शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ। दोस्रो खेलमा नेपाल कात्तिक १३ गते यूएईसँग भिड्ने तालिका छ।
विश्वकप लिग–२ मा १६ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ।
२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया