मङ्गलबार, २८ अक्टोबर २०२५

भारतलाई घरेलु मैदानमै नेपालले चखायो हारको स्वाद

News Image
• • •

भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई उसकै मैदानमा हराएको छ।

शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो।

नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारीले (साम्बा)ले गरिन्। खेल सुरु भएको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी साम्बाले ६३औं मिनेटमा अर्को गोल थपिन्।

भारतले ८१औं मिनेटमा एक गोल फर्कायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!