बिएल संवाददाता
आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको फाइनल खेल रद्ध भएको छ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा आज बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण टस नै नगरी रद्द भयो। खेल नै सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्।
फाइनलपछि दुवै टोलीको समान ७/७ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको छ। यसअघि दुवै टोलीले आफ्नो तीनवटा खेलमा जित निकालेका थिए।
आजको फाइनल जितेर विश्वकपमा छनोट हुने नेपालको सपना खराब रंगशालाको कारण अधुरो रह्यो। बिहान ९ बजेबाटै पानी रोकिएपनि खराब मैदानका कारण ४ घण्टासम्म पनि मैदानको पानी सुक्न सकेन।
मैदान खेल खेलाउन लायक नभएपछि खेल रद्द भयो। लामो समय कुरेर साँझसम्म सक्किने गरी पनि खेल सुरु गराउँन पनि मैदान नसुक्ने देखिएपछि खेल नै रद्द गर्नुपरेको थियो। सामान्य रंगशालामा वर्षा रोकिएको केही समयमै खेल खेलाउन सकिन्छ। तर, मुलपानी रंगशालाको मैदान भने खेल खेलाउन लायक बनेन।
फाइनल खेलको अघिल्लो दिनमात्र क्यानका सचिव पारस खड्काले उत्साहित हुँदै नेपाली दर्शक/समर्थकलाई खेल हेर्न मैदानमै आउन आग्रह गरेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया