बिएल संवाददाता
भारत–पाकिस्तानबीच युद्धबिराम भएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ (आइतबार)देखि पुनः सुरु हुँदैछ।
युद्ध चर्किने संकेतपछि आईपिएल अनिश्चित समयका लागि स्थगित गरिएको थियो।
पुन: सुरु हुने भए पनि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योल छ। आईपिएल स्थगित भएपछि कतिपय खेलाडीहरू आफ्नो देश फर्किएका थिए।
यसैबीच अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।
क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत फर्कनु वा नफर्कनु भन्ने निर्णय खेलाडीहरूको व्यक्तिगत हुनेछ र हामी त्यसको सम्मान गर्छौं।’
विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि, ‘जो खेलाडी आईपीएलको बाँकी खेल खेल्ने निर्णय गर्छन्, तिनीहरूको लागि विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारी गर्न टोली व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउनेछ।’
मे ८ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि मे ९ मा आईपीएल एक हप्ता स्थगित गरिएको थियो। पुनः जारी गरिएको तालिकाअनुसार आईपीएलको फाइनल जुन ३ मा हुनेछ।
यसपछि केवल एक हप्ता अर्थात् जुन ११ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लड्र्समा सुरु हुनेछ।
हेजलवुड र मिचेल स्टार्कसँगै अष्ट्रेलियाका अन्य चार सम्भावित खेलाडीहरू (कप्तान प्याट कमिन्स, ट्राविस हेड, जोश इंग्लिस र मिच स्टार्क) आईपीएलमा सहभागी भइरहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया