बिएल संवाददाता
‘वन रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ।
शनिबार आयोजना गरिएको दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु भएर मंगलबजार हुँदै पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो हुँदै बल्खु, कलंकी, सितापाइला हुँदै फेरि कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो।
हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी विधाहरू समावेश गरिएको दौडमा हाफ म्याराथन पुरुषतर्फ नेपाल आर्मीका शुशीलकुमार शाहीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै विजेता बने भने महिलातर्फ आर्मीकै निशा सार्कीले १ घण्टा २८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै विजयी बनिन्।
त्यस्तै हाफ म्याराथन मास्टर्स पुरुषतर्फ किरनसिंह बोगटी रजवार विजेता बने। त्यस्तै १० किमी खुल्ला पुरुषतर्फ सन्जय श्रेष्ठ, महिलातर्फ सन्तोषी श्रेष्ठ, १० किमी मास्टर्स पुरुषतर्फ मनिन महर्जन, ५ किमी खुल्ला पुरुषतर्फ रुपेश कार्की, महिलातर्फ आशा रावत विजयी बने।
त्यस्तै ५ किमी स्कुल पुरुषतर्फ अजय पाण्डे, महिलातर्फ अस्मिता भुजेल विजयी बने।
एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजितत दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसहित सबै उमेरका धावकहरूलाई सहभागी हुने अवसर दिइएको थियो।
विश्वकै ठुलो अन्तर्राष्ट्रिय हाफ म्याराथन ‘वन रन’ आज मे २४ नेपालसहित विश्वभरका ११० वटा सहरहरूमा एकैदिन आयोजना भएको हो।
यो अन्तराष्ट्रिय हाफ म्याराथन दुई पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश भइसकेको छ।
ललितपुर महानगरपालिकाका उपमेयर श्री मन्जली शाक्य बज्रचार्यलगायत अतिथिको उपस्थिती थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया