बिएल संवाददाता
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्स विरुद्ध खेल्दैछ।
पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल्दैछ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।
नेपाल अहिले लिग-२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौं स्थानमा छ। १७ खेल खेलिसकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल खेलिसकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। त्यस्तै टीममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्।
नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल छन्।
नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया