मङ्गलबार, १९ अगस्ट २०२५

‘अरुन्धती’ को हिन्दी रिमेकमा दीपिका फाइनल

News Image
तस्बिरः एजेन्सी
• • •

गएको वर्ष प्रदर्शनमा आएको निकै विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ पछि अभिनेत्री दीपिका पादुकोणले लामो समय कुनै फिल्म साइन गरिनन् ।

उनको हालैमा नयाँ फिल्म ‘महाभारत’ को पनि घोषणा गरिएको थियो । यसबीच, दीपिकाले अर्को एउटा फिल्म साइन गरेकी छन् । यो एक हरर फिल्म हुनेछ ।

पहिलो पटक उनले 'हरर' फिल्ममा काम गर्न लागेकी हुन् । फिल्मको नाम ‘अरुन्धती’ जुराइएको छ । यो अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक हुनेछ ।

फिल्मको हिन्दी रिमेकको राइट्स खरिद गरिसकिएको छ । फिल्ममा दीपिका पादुकोण ले लिड रोल निभाउनेछिन् ।

दीपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् । उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् ।

सोमबार, कार्तिक १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)