आइतबार, १७ अगस्ट २०२५

आलमलाई उपस्थित गराइदिन सम्पत्ति शुद्धीकरण विभागले काट्यो प्रहरीलाई पत्र

News Image
फाइल तस्बिर
• • •

रौतहटको राजपुरमा भएको विष्फोट प्रकरणमा मुख्य अभियुक्त पूर्वमन्त्री एवं सांसद मोहमद अफताब आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको छ।

विष्फोटमा घाइते एक दर्जनाभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग लागेका आलममाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानविन गरिरहेको छ।

विभागले एक जना अनुसन्धान अधिकृत नै तोकेर आलममाथि छानविन गरिरहेको छ। त्यसक्रममा आलमलाई विभागमा पनि उपस्थित गराइदिन पत्राचार गरिएको हो।

आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको भन्दै जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता छ। अहिले आलमको थुनछेक बहस जिल्ला अदालत, रौतहटमा जारी छ।

शुक्रबार, कार्तिक २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)