बिएल संवाददाता
राप्रपा सांसद दीपक बोहराको असामयिक निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको सरगर्मी बढेको छ।
निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेसँगै दलहरू रुपन्देही केन्द्रीत भएका छन्। यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ।
रास्वपाको उम्मेद्वार छनोटका लागि आन्तरिक निर्वाचनका लागि नाम माग गरिएकोमा ९ जनाले इच्छा देखाएका छन्। त्यसैमध्येका एक हुन् पार्थिवेन्द्र उपाध्याय।
को हुन् पार्थिवेन्द्र उपाध्याय?
परिवारै एमाले पृष्ठभूमि भएका पार्थिवेन्द्र सिद्धार्थनगर नगरपालिका-७ भैरहवा निवासी हुन्। उनी रास्वपाबाट उम्मेद्वारीका लागि नाम टिपाउनुअघिसम्म रूपन्देही क्याम्पसको क्याम्पस प्रमुख थिए।
शिक्षक, प्राध्यापक र सरकारी जागिरेलाई सदस्यता नदिने रास्वपाको नीतिका कारण उनले शिक्षण पेशाबाटै राजीनामा दिएर पार्टी राजनीतिमा होमिएका हुन्।
प्राध्यायनबाट राजीनामा दिएपछि उनले भनेका छन्, ‘अब म एउटा नयाँ बाटोतर्फ लाग्दैछु। कता पुगिन्छ, समयले बताउनेछ। तर रूपन्देही क्याम्पसप्रति मेरो माया, सम्झना र प्रतिबद्धता कहिल्यै मेटिँदैन। यो संस्थाले मलाई जे बनायो, त्यसको ऋण शब्दमा व्यक्त गर्न सक्दिनँ।’
पार्थिवेन्द्रका बुवा धनपति उपाध्याय एमालेबाट सांसद भएका थिए। तर अहिले उनी यस धर्तिमा छैनन्। श्रीमानको मृत्युपछि पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्यायले पनि एमालेबाट राजनीति सुरु गरिन्। उनकी श्रीमती पनि एमालेको टिकटबाट गत निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर निर्वाचित भएकी छन्।
त्यसो त पार्थिवेन्द्र स्वयंले पनि एमालेबाटै राजनीति सुरु गरेका थिए। उनी माओवादी द्वन्द्वकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय थिए। तर पछि उनी सक्रिय राजनीति छाडेर अध्यापन क्षेत्रमा लागेका थिए।
र, फेरि उनी पारिवारीक विरासत बोकेको पार्टी एमाले छाडेर वैकल्पिक राजनीतिमा लागेका थिए। यसअघि ०७४ सालको निर्वाचनमा विवेकशील पार्टीबाट यही क्षेत्रबाट उम्मेद्वारी दिएका थिए।
अहिले विवेकशीलको अस्तित्व नै संकटमा परेपछि अर्को वैकल्पिक पार्टी खोज्दै उनी रास्वपा प्रवेश गरेका हुन्। जसका लागि उनले आफ्नो प्राध्यापन करियरलाई नै दाउमा लगाएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया