सम्झनामा मात्र ‘शोले’को सुटिङ स्थल

हिन्दी चलचित्र हेर्नेहरूका लागि 'शोले' नयाँ नाम होइन। बलिउडको मशहुर चलचित्र शाेले तत्कालीन समयदेखि अहिलेसम्‍म पनि उत्तकै सदाबहार मन पराइएको चलचित्रमा पर्दछ।

उक्त चलचित्रमा भएका मध्ये त्यो दृष्य कसैले भुल्न सक्दैन जसमा बसन्ती (हेमा मालिनी) भगवान शिवसँग असल लोग्नेका लागि बर मागिरहेकी हुन्छिन्। यही मौकामा वीरु (धर्मेन्द्र) मुर्तिको पछाडि बसेर शिव बनेर बसन्तीलाई जवाफ दिन्छन्। यही दृष्य सुटिङ गरिएकाे चलचित्रमा रहेकाे उक्त मन्दिर अब सम्झनामा मात्र रहने भएकाे छ।

यो मन्दिर विकासका लागि भत्काउन लागिएकाे हाे। मन्दिर क्षेत्रकाे राष्ट्रिय राजमार्ग २७५, जसलाई  बैंगलुर–मैसुर हाइवेको नामले चिनिन्छ। त्यहाँ  स्तर  उन्नती हुँदैछ। कर्नाटक राज्यको रामनगरमा रहेको यो चट्टानी इलाकामा तत्कालीन समयमा चल्तिका निर्देशक रमेश सिप्पीले आफ्नो सुपर हिट चलचित्र शोलेको सुटिङ गरेका थिए।उक्त चलचित्रमा स्टारहरू सञ्जीव कुमार, अमिताभ बच्चन, अमजद खान र जया बच्चनको समेत अभिनय रहेको  छ।

चलचित्रमा गब्बर सिंहको भूमिका निभाएका अमजद खान एक  खलनायकको रुपमा देखिएपनि उनले खलनायकी दुनियाँमा हिरोको रुपमा छाप छोडे।

प्रकाशित मिति: : 2019-11-10 08:58:25

प्रतिकृया दिनुहोस्