बुधबार, २० अगस्ट २०२५

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

News Image
प्रतिकात्मक तस्बिर
• • •

माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।

घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

 उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए ।

बुधबार, कार्तिक २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)