आइतबार, १७ अगस्ट २०२५

हात्ती धपाउने विद्युतीय धरापमा परी एक महिलाको मृत्यु

News Image
फाइल तस्बिर
• • •

जिल्लाको मेचीनगर नगरपालिका ९ धुलाबारीमा जंगली हात्तीबाट जोगिनका लागि स्थानीयले राखेको विद्युतीय तारबारमा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर ९ निबासी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गाईवस्तु धपाउ जाने क्रममा आइतबार साँझ विद्युतीय धरापमा परी करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको हो।

यसअघि गत कार्त्तिक १६ गते हात्ती धपाउने विद्युतीय धरापमा परी झापाकै बुद्धशान्ति गाउँपालिकामा मामा(भान्जाको मृत्यु भएको थियो।

 

सोमबार, मंसिर ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!