बुधबार, २७ अगस्ट २०२५

घाँटीमा ज्यामिरको केस्रा अड्किएर एक जनाको मृत्यु

News Image
बिएल
• • •

मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा घाँटीमा ज्यामिरको केस्रा (चानो) अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीय राजकुमार राईको मृत्यु भएको हो।

स्थानीय रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा घाँटीमा केस्रा अड्किएर श्वासप्रश्वासमा समस्या आएपछि राईको तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए। स्थानीयले घाँटीबाट केस्रा बाहिर निकाल्ने प्रयास गरे पनि सम्भव नभएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टम उर्लाबारीस्थित मंगलबारे अस्पतालमा गर्ने तयारी भइरहेको बताउँदै डीएसपी अधिकारीले घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

बिहिबार, मंसिर ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)